नेपाल चलचित्र कलाकार सङ्घमा खड्का

काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । प्रतिस्पर्धी सरिता लामिछानेलाई पराजित गर्दै उनी विजयी भएका हुन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गरेका थिए भने सरिता लामिछानेले १६१ मत प्राप्त गरेकी थिइन्।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् ।

कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । संघको १७ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार