उपत्यकामा भोटो जात्रा मनाइँदै, आज सार्वजनिक विदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदै  छ। भोटो जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ।

भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।

फाइल तस्बिर

आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन्। आइतबार बिहान बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्‍याइनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार