लोकसेवाको विज्ञापनमा कानुन नमिचिएको मन्त्री पण्डितको स्पष्टिकरण

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापनका लागि आफूहरुले कुनै कानुन नमिचेको स्पष्ट पारेका छन्।

सोमबार बिहान संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा समितिका सदस्यहरूलाई जानकारी दिँदै मन्त्री पण्डितले लोकसेवा आयोग संवैधानिक आयोग भएकाले स्थानीय तहबाट आएको मागलाई जस्ताको तस्तै पठाएको बताए । प्रदेश लोकसेवा आयोग नबनेको भन्दै मन्त्री पण्डितले संघीय आयोगमार्फत विज्ञापन खुलाएको स्पष्ट पारे।

उनले भने ‘यसमा कुनै विधि मिचिएको वा संविधानको खेलबाड भएको छैन्। आयोगले मापदण्ड अनुसार नै विज्ञापन निकालेको भन्दै अहिलेसम्म एक लाख आवेदन भरेको समेत समितिलाई जानकारी गराए। लोकसेवाले समावेशिताका आधारमा विज्ञापन नखुलाएको भन्दै सांसदहरुले सदनमा चर्को विरोध गरेपछि संघीय संसदको राज्य व्यवस्था समितिले मन्त्रीलाई यसबारे छलफल गर्न केहिदिन अघि बोलाएको थियो।

तर मन्त्री जिल्ला बाहिर भएर उपस्थित हुन नसकेपछि सांसदहरुले लोकसेवाको विज्ञापन तत्काल खारेज गर्न आयोगलाई निर्देशन दिन भन्दै समितिका सभापति शशी श्रेष्ठलाई दबाब दिएका थिए। सभापति श्रेष्ठले मन्त्रीलाई जवाफ दिने मौका दिएर निर्णय लिने समितिका सदस्यलाई जानकारी गराएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार