प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पनासमेत गर्न सकिँदैन : नेता रावल

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा बताएका छन् । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताएका हुन् ।

प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले प्रेस राष्ट्रको चौथो अङ्ग भएकोले स्वतन्त्र प्रेसको वकालत गर्दै आएको बताए ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उनले पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गरे ।

सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार