भारतको बिहारमा आँधी, सातको मृत्यु, ११ जना घाइते

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य बिहारको बिभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । अल इन्दिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको हो ।

आँधी र चट्याङ सोमबार साँझ एक साथ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा तीन, सिओहारमा एक, सितामार्हि एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको थियो ।

भीषण रुपमा आएको आँधीको कारण कैयो रुखहरु ढलेको र धुलोसहितको आँधीको कारण विद्युत आपूर्तिमा अवरुद्ध भएको छ ।
भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए । सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार