मलेसियाको जन-उद्धार केन्द्रले उद्धार गरेका दुई नेपाली आईपुगे स्वदेश

६ मंसिर, काठमाडौं :- मलेसियाको पेनाङमा रहेको जनउद्धार केन्द्रले गम्भिर विरामी परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ । केन्द्रले ओखलढुंगाका विशाल तामाङ र नुवाकोटका मदन बहादुर राईलाई उद्धार गरी स्वदेश पठाएको हो । मंगलवार हिमालयन एयरलाइन्सबाट राती ९:३० बजे काठमाडौमा आईपुगेका नुवाकोटका राईले भने, नेपाल आईएला जस्तो लागेको थिएन । तर, अहिले खुट्टा आफ्नो देशमा टेक्न पाउदा खुसिले गद्द गद्द भएको छु । आफुलाई ऐयरपोर्टमा लिन पुगेकी श्रीमती र छोरालाई हेरर पिल पिल आसु झादै भने, “मलाई नेपालमा पठाएकोमा जन उद्धार केन्द, पेनाङलाई धन्यवाद दिन्छु” ।

 


आफुलाई लागेको रोगका वारेमा अनिविज्ञ रहेका राई ४ वर्ष अघि काठमाडौैको वालकुमारी स्थित इन्टरनेशलन म्यानपावर कम्पनीबाट मलेसिया गएका थिए । मलेसियामा विरामी हुन भन्दा अघि राईले धेरै दुख पाए, । शुरुमा कम्पनीले सम्झौता अनुसार तलव दिएन । कम्पनी संग के झगडा गर्नु भनेर कम तलब भए पनि काम गरिरहे ।

राई जस्तै, मलेसियामा उपचार र उद्धारको कमीका कारण धेरै नेपालीको मृत्यु हुने गरेको छ । केन्द्रले उद्धार गरी नेपाल पठाएका अर्का पीडित विशाल तामाङ्का  वुवा श्याम तामाङ भने, । म आफै मलेसियामा छु । तर, पनि विरामी छोरालाई ल्याउन सकिन ।

शनिवार नेपाल एयरलाईन्सबाट विहान ११ वजे त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रिएका तामाङले भने, छोरो अहिले वोल्न सक्दैन, मानिस देख्दा भाग्छ, चिकित्सकले मानसिक रोग भनेका छन् । अरु पनि हुनुसक्छ ।

पछिल्लो समयमा तामाङ र राई जस्तै मलेसियामा कयौन नेपालीले विभिन्न समस्या भोगिरहेका छन् । हामीले सवैलाई उद्धार गर्न सम्भव छैन, मलेसियामा रहेका केशु थापाले फोनमा भने, केन्द्रले अहिलेसम्म ६ जनालाई आफ्नो खर्चमा नेपाल पठाईसकेको छ ।

पछिल्ला यी दुई नेपालीलाई स्वदेश फर्काउन म लगायत केन्द्रका अन्य सदस्यहरुलाई समेत धन्यवाद दिदै थापाले भने, यस्ता गम्भिर प्रकृतीका विरामी मलेसियामा कोही हुनुहुन्छ भने हामीलाई भन्नुस, हामी सहयोग गर्न तयार छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार