
काठमाडौं । मोडल सोनीतराज ढुंगेलले यो वर्षको ‘सर्वोत्कृष्ट नव मोडल’को अवार्ड जित्न सफल भएका छन । हिजो राजधानीको नेपाल पर्यटन बोर्डको हलमा नेशनल क्यापीटल अवार्डको ८ औं संस्करणको भव्य समारोहमा उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।
पुर्व संचारमन्त्रि पार्वत गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा संगितकर्मी मिलन मोक्तान, वरिष्ठ संगीतकार टिका भण्डारी लगायत वरिष्ठ व्यक्तित्वको हातबाट उनले सर्वोत्कृष्ट नव मोडलको अवार्ड जितेका हुन । संचारकर्मी समेत रहेका ढुंगेलले ‘प्रिया’ बोलको गीतको भिडियोबाट उक्त अवार्ड हात पारेका हुन । पहिलो भिडियोमा नै सशक्त अभिनयका कारण चर्चा कमाउन सफल भएका उनी कार्यक्रम निर्देशक पनि हुन ।

दुवई ,कतार, थाईल्याण्ड जस्ता विदेशमा उत्कृष्ट कार्यक्रम निर्देशकको रुपमा अवार्ड हात पारिसकेका उनले स्वदेशमा समेत थुप्रै सम्मान र अवार्ड जित्न सफल भैसकेका छन । शैक्षिक पत्रकार ढुंगेल पव्लिक सूचनाका प्रमुख हुन भने भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडिया नेटवर्कका संचालक समेत हुन । कार्यक्रम व्यबस्थापनका महासचिव रहेका ढुंगेलले पहिलो भिडियोमा उत्कृष्ट अभिनय देखाएका थिए, भने केहि विज्ञापनमा समेत अभिनय गरिसकेका छन ।
हाल उनी नाईस टेलिभिजनमा आवद्ध छन ।

241 पटक हेरिएको 

