मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा उहाँले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिनुभएको थियो । रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा प्रत्येक वर्ष इपिएस कोरिया शाखाले लिने गर्दछ ।

यस वर्ष गत जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र यही असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २०० जनाले परीक्षा दिइरहेका छन् । यस वर्ष ४४ हजार भाषा परीक्षामा सहभागी भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिनुभयो । RSS

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार