नेकपा (एकीकृत समाजवादी) निकट दाङ–काठमाडौँ सम्पर्क मञ्चले नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई सम्मान गरेको छ ।
सहरी विकासमन्त्री चौधरीले देश र जनताको हितमा सकेजति काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सीमित स्रोतसाधनको उचित प्रयोग गरी छोटो समयमा धरै कार्य गर्नुसपर्ने जिम्मेवारी रहेको बताउनुभयो । स्वास्थ्य राज्यमन्त्री केसीले गरिब तथा विपन्न वर्गलाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउन क्रियाशील रहने विचार व्यक्त गर्दै देश विकासमा जनताको पार्टीप्रतिको विश्वासलाई कायम राख्ने बताउनुभयो ।
पार्टी पोलिटव्यूरो सदस्य विजय गुरुङले दुवै मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले मुलुकमा बढ्दै गएको महँगी, भ्रष्टाचार न्यूनीकरणमा क्रियाशील भई जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

276 पटक हेरिएको 

