
रिलेटेड खबर
काठमाडौँ

फ्लाइङ बर्ड इजुकेसन कन्सल्टेन्सीले शनिबार विद्यार्थीहरुलाई करियर परामर्श दिएको छ ।
कन्सल्टेन्सीले कक्षा ११ को अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुलाई करियर परामर्श दिएको हो । शनिबार एक कार्यक्रमको आयोजना गरि कन्सल्टेन्सीले जोरपाटी स्थित नारायणटारमा
पहिलो पटक एसईई परीक्षा उत्तिर्ण गरि कक्षा ११ को अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुलाई करियर परामर्श दिएको जनाएको छ । कार्यक्रममा सोही कन्सल्टेन्स्ीबाट ब्रिज कोर्श गरेका
विद्यार्थीहरुलाई पनि करियर परामर्शका साथै बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको कन्सल्टेन्सीले जनाएको छ ।
उक्त कार्यक्रम मार्फत राम्रो GPA ल्याउने विद्यार्थी लाई सम्मान सहित नगद रु ३००० प्रदान गरिएको थियो।

कार्यक्रममा फ्लाइङ बर्ड इजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रुद्रराज खड्काले विद्यार्थीहरुलाई अघि बढाउन बाटो मात्रै देखाउने नभई बाटोमा हिड्दै गर्दा देखिने समस्यालाई समाधान
गर्दै गन्तव्य सम्म पु¥याउनु आफूहरुको उद्देश्य भएको बताउनुभयो । यस्तो कार्यक्रम पहिलो चोटि गरे तापनि यस्ता कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुलाई आवश्यक जानकारी दिन सफल
भएको बताउनुभयो । साथै उहाँले आगामी दिन अब यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कक्षा ११ अध्ययन गर्ने तयारीमा रहेको विद्यार्थीहरु, सोही कन्सल्टेन्सीबाट व्रिज कोर्ष, सीटिइभिटी र कम्प्युटरका विद्यार्थीहरु सहित ५०० बढीको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुले आ–आफ्नो क्षेत्रका बारेमा करियर परामर्श दिएका थिए ।
कार्यक्रममा पूर्व काठमाडौं जिल्ला खेलकुद समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नु भएको थियो । यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व
कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका जिल्ला प्याब्सन अध्यक्ष साथै विट्स एकेडेमीका प्रधानाध्यपक ज्ञानबहादुर श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
र यस कार्यक्रममा आफ्नो उपस्थिति जनाई बिद्यार्थीहरुको हौसला बढाउनको लागि २५ भन्दा बढी विद्यालयका प्रधानाध्यापकहरुको पनि अतिथिको रुपमा राम्रो उपस्थिति जनाएका थिए ।
कार्यक्रमका तस्बिरहरु…




408 पटक हेरिएको 

