सुनसरीका प्रहरी प्रमुखद्वारा कैदीबन्दीलाई टिका


बडा दसैँको अवसरमा सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले कैदीबन्दीलाई टिका लगाइदिनुभएको छ ।

डिएसपी राईले आज एक कार्यक्रमको आयोजना गरी २४ कैदीबन्दीलाई दसैँको टिका र जमरा लगाइदिनुभएको हो । विभिन्न मुद्दाअन्तर्गत थुनामा रहेका कैदीबन्दीलाई दसैँको आभास दिलाउन उहाँले टिका र जमरा लगाइदिनुभएको हो ।

“दसैँमा कसैलाई खल्लो महसुस नहोस भनेर कैदीबन्दीलाई टिका र जमरा लगाइदिएको हुँ”, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार