अाेली र प्रचण्डबीच भयाे वार्ता, शनिबार फेरी भेट्ने

काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

तीन घण्टा सम्म चलेको भेटघाटमा प्रदेश सरकार गठन, राष्ट्रिय सभाको निर्वाचन र दुई पार्टी एकतबारे छलफल भएको छ।

प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलाएर जाने तथा पार्टी एकता प्रक्रियालाई गति दिन आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमती भएको बताइएको छ ।

ओली बैंककबाट फर्किएपछि दुई पार्टीका अध्यक्षबीच पहिलो पटक भेटवार्ता भएको हो। ओली र दाहालबीच शनिबार पनः भेट्ने सहमती भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार