खुसीकाे खबरः नेपाली क्रिकेटर लामिछाने पहिलाेपटक अाइपीएलकाे अक्सनमा

 469 पटक हेरिएको

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् ।

आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा कुनै टाेलीले बाेली लगाए उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् ।

आईपीएलले अक्सनका लागि ३ सय ६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ, (सुची हेर्न यहाँ क्लिक गर्नुहाेस्) जसमा २ सय ७६ नम्बरमा सन्दिपको नाम छ ।

 

अक्सन २७ र २८ तारेखमा भारतकाे बेङ्लुरुमा हुनेछ । यसअघि शक्ति गौचनले आईपीएल टिम राजस्थान रोयल्सका लागि ट्रायल लिएका थिए ।

नेपाली क्रिकेट टिमका एक सदस्यका अनुसार एजेन्टमार्फत सन्दिपको नाम पठाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार