
nlntk’/,#) c;f]hM
nlntk’/ Odf8f]nl:yt lsi6 d]l8sn sn]h tyf lzIf0f c:ktfn kl/;/df /flvPsf] jfªdo ztfAbL k’?if ;Todf]xg hf]zLsf] kfly{j z/L/df >4f~hln ck{0f ub}{ ;j{;fwf/0f . pkrf/sf qmddf c:ktfn egf{ x’g’ePsf ztfAbL k’?if hf]zLsf] cfh laxfg !)# jif{sf] pd]/df lgwg ePsf] xf] . tl:a/ rGb|snf If]qL÷/f;;
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुर इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।
सो अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि अस्पतालको तर्फबाट गरिने प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा भएपछि करिब १२ बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिने अस्पतालले जनाएको छ ।
उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना हुनुभएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिय पूरा गरी दिउँसो १२ बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ । शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गर्नुभएको थियो ।

401 पटक हेरिएको 

