दाङ,६ माघ । ५ दिनदेखिको आम हडताल राती ११ बजेदखि ५ दिनदेखि फिर्ता भएकाे छ । माघ २ गतेदेखि जारि दाङमा जारि आन्दोलन आज शनिबार रातिदेखि स्थगित भएको हो ।
आम हडताललाई फिर्ता लिई अन्य प्रकृतिका दवावमूलक कार्यक्रम भने जारि रहने संयुक्त संघर्ष समिति दाङले जनाएको छ । आमसभा,कोणसभा,र्याली लगायतका बिरोधका कार्यक्रम भने जारि राखिने छ ।
बन्द र चक्काजामका कारण नागरिकहरुलाई सास्ती हुने भन्दै आमहडतालका कार्यक्रम फिर्ता लिएको आन्दोलन परिचालन समितिले जनाएकाे छ । माग २ गतेदेखिको बन्द र ३ गतेदेखिको आम हडतालका कारण दाङको जनजीवन कष्टकर बन्दै गएको थियो ।
दाङ जिल्लामा पर्ने पूर्ब पश्चिम राजमार्ग र सहायक राजमार्गमा समेत आन्दोलन कडाई पारिदिदा पश्चिम नेपाल र राप्ती पहाडि जिल्लाको जनजीवन समेत प्रभाबित भएको थियो ।

354 पटक हेरिएको 

