कारबाहीमा परी पाँच आईएस लडाकू मारिए


अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताउनु भएको छ ।

आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारहरूलाई बताउनु भएको हो ।

सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोहीहरू बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ । गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार