ओली र प्रचण्डबीच भेटवार्ता, अाइतबार संयुक्त कार्यदलकाे बैठक बस्ने

 392 पटक हेरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली र नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठक सकिएको छ ।

अाज अोली निवास बालकोटमा बसेको बैठक अाइतबार भोली बस्ने पार्टी एकता संयाेजन समितिकाे बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।

अाेली निवास बालकाेटमा भएकाे छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका लागि गठित संयुक्त कार्यदलकाे रिपाेर्ट, पार्टी एकता र एकताकाे साझा दस्तावेजका विषयमा कुराकानी भएकाे थियाे ।

दुई नेताबीच भएकाे छलफलमा बैठकका एजेण्डाबारे छलफल भएकाे र साेमबार दिउँसाे पार्टी एकता संयाेजन समितिकाे बैठक बस्ने माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार