न्यानोपन द्धारा सिन्धुलीको भिमानमा ब्लांङ्केट वितरण

 9073 पटक हेरिएको

८ पुष, काठमाडौं : – न्यानोपनले सिन्धुलीको भिमानमा गरिब र पिपन्न ८० घर परिवारलाई मंगलवार  निशुल्क व्लङकेट वितरण गरेको छ । न्यानोपनका अध्यक्ष तथा बिमान चालक विजय लामाको नेतृत्वमा गएको टोलीले कमलामाई नगरपालिका ९ नम्वर वडा कार्यालयमा आयोजित एक कार्यक्रममा व्लयाङकेट वितरण गरेको हो ।

न्यानोपनका सचिव हरि रायमाझीले विगत देखिनै आफुहरुको संस्थाले विभिन्न सामाजिक काम गदै आएको र त्यसको निरन्तरा स्वरुप भिमानमा कपडा वितरण गरिएको बताउनुभयो ।

कनपा, ९ नम्वर वडा अध्यक्ष देवराज पौडेलको पहलमा वितरण गरिएको कार्यक्रममा प्रहरी निरिक्षक रुपेश दुलाल लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

उनीहरुले आफ्नो ठाउँमा आई वास्तविक पीडितलाई न्यानो कपडा वितरण गरेकोमा न्यानोपन र विशेषगरी स्थानिय समाजसेवी विन्दा कोइरालाई विशेष धन्यवाद समेत दिएका थिए ।

भिमानमा कपडा वितरण पश्चात बिमान चालक तथा नायक समेत रहेका लामाको टोली महोत्तरी  र सर्लाही तर्फ प्रस्थान गरेको थियो । त्यहाँ पनि प्रभावितका लागि कपडा वितरण गर्ने कार्यक्रम रहेको न्यानोपनका प्रतिनिधी आशिष न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार