जाँदाजाँदै सरकारले गर्याे दुरगामी असर गर्ने निर्णय

काठमाडौँँ, ११ माघ । सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष सम्मलाई दिने निर्णय गरेको हो ।

सरकारले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा एक लाख थप गर्ने निर्णय गरेको छ । त्यस्तै निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा  एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दा माथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने निर्णय समेत गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार