काठमाडौं, ११ माघ । नेकपा एमाले र माअाेवादी केन्द्रका दुई विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले पर्साको छपकैयामा नेपाली भूमि मिचेर भारतीय पक्षले सीमा स्तम्भ गाडेको घटनाबारे स्थलगत अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
विद्यार्थी संगठनले सीमांकनको आधारमा बनेको सीमा नक्सालाई पुनरावलोकन गरेर मुख्य पिलर, ऐतिहासिक मान्यता र स्थानीयले भोगचलन गर्दै आएको प्रमाणलाई आधार बनाउन सरकारलाई सुझाव दिएका छन्।

सरकारलाई बुझाइएको १० बुँदे सुझावपत्रमा कालापानी र सुस्ता बाहेक सबैतिर सीमा विवाद सुल्झिएको सरकारी दाबी आधारहीन भएकाले सीमा विवादको समग्र समाधान खोज्न आग्रह गरिएको छ।
स्थलगत अध्ययन रिपोर्ट बुझ्दै प्रधानमन्त्री देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने आश्वासन दिएका थिए।

538 पटक हेरिएको 

