
काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ।
शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।
बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए।
दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।
बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।
घाइतेहरूको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

357 पटक हेरिएको 

