काठमाडौ, ११ माघ । जापानले नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि करिव ३२ करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
विहिबार अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाबीच नेपालको खाद्य सुरक्षा कार्यक्रमका लागि करिव ३२ करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाललाई खाद्यमा आत्मनिर्भर बनाउन जापानले आर्थिक सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयका सचिव अधिकारीले जानकारी दिनु भयो ।

नेपालका लागि जापानका राजदुत ओगावाले बाढि र डुबानबाट पीडित नेपाली जनतालाई खाद्य नभाव हुन नदिन आर्थिक सहायता उपलब्ध गराइएको जानकारी दिनु भयो ।
समझदारी पत्रमा जापानले नेपालको खाद्यन्न अभाव भएको जिल्लामा आवश्यक सहयोग गर्दै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।

563 पटक हेरिएको 

