६ वटा प्रदेशकाे पहिलाे बैठक मिति घाेषणा

काठमाडौं, ११ माघ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन्।

संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन्। हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन बोलाइएको छ भने प्रदेश १ मा मात्र बैठक आह्वान गर्न बाँकी छ।

प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले माघ २१ का लागि पहिलो बैठक आह्वान गरेका छन्। उनले माघ ७ मा प्रदेशसभा सदस्यहरुलको सपथ सकिए लगत्तै पहिलो बैठकको आह्वान गरेका थिए।

प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ का लागि प्रदेशसभाको पहिलो बैठक आह्वान गरेकी छिन्।

प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि बैठक आह्वान गरेका छन् भने प्रदेश ५ का प्रमुख उमाकान्त झाले माघ २३ गतेका लागि पहिलो बैठक बोलाएका छन्।

प्रदेश ६ मा पनि माघ २१ गतेका लागि पहिलो बैठकको तयारी थालिएको त्यहाँका प्रमुख दुर्गाकेशर खनालले जानकारी दिए। यस्तै, प्रदेश ७ को पहिलो बैठक पनि प्रदेश प्रमुख मोहनराज मल्लले माघ २१ गते नै बोलाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार