राष्ट्रियसभा सदस्य चुनावकाे आचारसंहिता लागू

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अाज (शुक्रबार) देखि आचारसंहिता लागू भएको छ। अायोगले जारी गरेको अाचारसंहिता अाज देखि लागु हुने जनाएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न शुक्रबारदेखि लागु गरिएको आचारसंहिता पूर्ण रूपमा लागु गर्न सम्पूर्ण दल तथा उम्मेदावरलार्इ अायोगले अाग्रह गरेको छ ।

अाचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा नकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार