पोखरा, १२ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको भन्दै अहिलेकाे सरकारले गरेका सबै निर्णय मान्य नहुने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघको १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको पाेखरामा उद्घाटन गर्दै उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा ६० अर्ब रूपैया खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिने सरकारी तयारीकाे समेत विराेध गरे ।
अध्यक्ष अाेलीले संविधान संसाेधनका नाममा देशलाइ घात हुने निर्णय कुनै पनि हालतमा नगर्ने बताए ।

544 पटक हेरिएको 

