दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छाल...
