चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पु¥याउँछौँ : प्रबन्ध निर्देशक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा ...

सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज

कुनै समय ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपथ्र्यो । कतै जङ्गल त कतै बस्तीका बीचमा पर्ने पैदल बाटो हुँदै एक रात बीच बाटोमा बास बसेर मात्र पुगिने याम्फुदिनमा अहिले करिब सात घण्टामा पुगिन्छ । सडक विस्तारसँगै गाउँबाटै गाडी ओहोरदोहोर गर्न थालेपछि दुई दिनको...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु¥याउनुपर्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार सेवाको गुणस्तर सुधारलगायतका विषयमा ...

वर्षाको सम्भावना

देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा ...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी ...

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो । बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आ...

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसा...

गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

गण्डकी, ९ चैत  : राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी ...

पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन

संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो । नभत्किएसम्म भत्काउन ज...

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप ह...