रुसी सेनामा सम्पर्कविहीन बुवा अभिषेकलाई छोरीको पत्र

‘म तपाईँलाई धेरै सम्झेको छु,१’ रुसी सेना बन्न हिँडेका बाबु अभिषेक बुढाको बोली नसुनेको दुई महिना भयो। दिनहुँ भिडियोमा देखिएर रुसबाट गफिने बाबुको अनुहारै देखिन्न अचेल। अनि बाबुको प्रेम अभाव र सम्पर्कबिहिनताले अत्तालिएकी २ कक्षामा अध्ययनरत रियाले मिलाई नमिलाई पत्र लेखिन् ‘छिटो आउनु न है बाबा१’

रुस पुगेका बाबुको नाममा लेखेको पत्र कसरी, कहाँ पठाउनेरु बाबु सम्पर्कमा छैनन्। सम्पर्क बिहिन भएका बाबुसँगको संवादहीनताले अबोध रियाको मन दिनहुँ आत्तिँदै गयो। अनि बाबुको पर्खाइलाई कागजमा कोरिन् ‘आई लभ यु बाबा, म तपाईँलाई धेरै सम्झेको छु र तपाईँलाई धेरै धेरै माया गर्छु, तपाई कहिले आउनु हुन्छरु छिटो आउनु न है।’

बाबु प्रति पोखिएको प्रेम भावका यी अक्षरलाई लुकाएर राखिरहेकी थिइन् रियाले। आमा सविता ९अभिषेक पत्नी० ले छोरीको यो पत्र बिहीबार फेला पारिन्। छोरीको बुवा प्रतिको यो प्रेमले आमा सविताको मनझनै विक्षिप्त बन्यो। ‘नानीले यो चिठी लेखेर लुकाएर राखेकी रहिछे,’ सविताले रुँदै भनिन् ‘बिहीबार देखेँ, साह्रै रुन मन लाग्यो, बुवा कहिले आउनु हुन्छ भनेर छोरी पनि आत्तिइसकेकी छे।’

त्यसो त, दुई महिना देखि बाबु सम्पर्क बिहिन हुँदा गलेकी आमा सविताको रोदन रियाले दिनहुँ देख्छिन्। अनि सम्झाउँदै भन्छिन्, ‘बाबा सेनाको तालिममा हुनुहुन्छ होला,अनि कसरी फोन गर्न मिल्छरु’ बाबु रुसमा कमाउन पुगेको छोरी रियालाई थाहा छ। तर बाबु पुगेको देश रुस त्यति असुरक्षित छ भन्ने उनलाई बोध छैन। फलतः फोन सम्पर्क नहुँदैमा आत्तिन नहुने बलियो तर्कले आमालाई सम्झाई रहन्छिन् अबोध रिया।

दुई महिना देखि श्रीमान् सम्पर्कमा नहुनुले भने सविताको मनमा चिसो पसिरहेको छ। रुसको द्धन्दमा परि अप्रिय घटना भएको हुन सक्ने आशंकाले सवितालाई दिनहुँ गलाउँदै लगिरहेको छ। तथापी अबोध छोरीलाई यो थाहा दिएकी छैनन् सविताले। ‘श्रीमानसँग कुरा नभएको दुई महिना भइसक्यो,रात भरी निद्रै पर्दैन,’सविताले भनिन् ‘छोरी पनि रात भरी म सँगै बसिरहन्छे, बाबालाई केही भएको छैन, फ्री भएपछि फोन गर्नुहुन्छ भनेर मलाई सम्झाउँछे।’

गत भदौ २६ गते रुसी सेना बन्नका लागि नेपालबाट उडेका थिए रोल्पा त्रिवेणी नुवागाउँका अभिषेक। रुस पुगेका अभिषेकले आफू पुग्नासाथ सेनाको पहिलो क्याम्पमा पुगेको भनेर ह्वाट्स एप मार्फत सबितासँग कुरा गरेका थिए। ‘म आइपुगेँ, फस्ट क्याम्पमा बसेको छु भनेर भ्वाईस म्यासेज पठाउनु भयो,’ सविताले भनिन् ‘त्यहाँ भएको बेला उहाँले जीम गरिरहेको फोटो भिडियो पठाइरहनु हुन्थ्यो।’ पहिलो क्याम्पको केही दिनको बसाई पछि उनले आफू दोस्रो क्याम्पमा सर्न थालेको जानकारी दिएका थिए। उनले ह्वाट्स एप मार्फत गत असोज १५ गते बेलुका ५ बजे पठाएको दोस्रो म्यासेजमा भनेका छन्

‘म अब दोस्रो क्याम्पमा जाँदै छु, फोन नलाग्न सक्छु नआत्तिनु।’

१५ असोजमा दोस्रो हिँडेका अभिषेकले निरन्तर घरमा फोन सम्पर्क गरिरहेका थिए। सविताका अनुसार त्यहाँ उनलाई सैन्य तालिमका लागि पुर्‍याएको थियो। ‘सेनाको तालिम चलिरहेको छ भन्नु भएको थियो,’ सविताले भनिन् ‘दोस्रो क्याम्पमा हुँदा सम्म हाम्रो दिनहुँ कुरा भइरहन्थ्यो।’ दोस्रो क्याम्पमा सैन्य तालिम सकिएपछि अभिषेक तेस्रो क्याम्पमा सर्न थालेको जानकारी परिवारलाई दिए। ह्वाट्स एपमार्फत उनले २४ असोजमा पठाएको भ्वाईस म्यासेजमा भनेका छन् ‘हामीलाई तेस्रो क्याम्पमा लैजान थाल्यो, गाडी आइसक्यो, अहिले राखेँ तेस्रो क्याम्पमा पनि यो सिमले काम गर्‍यो भने कुरा गरौँला, फोन लागेन भने नआत्तिनु।’ भ्वाईस म्यासेजमा आफू हतारमा भएको सुनिन्छन् अभिषेक। त्यही छोटो संवादका क्रममा सविताले पैसाको कुरा गरिन्। अभिषेकले भ्वाईस म्यासेज मार्फतै भनेका छन् ‘म क्याम्प प्रवेश भएको एक महिना पनि त पुगेको छैन, अब एक दुई दिनमै पैसा हाल्दिन्छ होला।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार