कपाल झर्ने समस्याबाट धेरै व्यक्ति आजित छन् । अस्वाभाविक रूपमा कपाल झर्दा यसलाई बेवास्ता गर्नुहुँदैन । लामो कपाल भारी हुने हुनाले झर्ने सम्भावना बढी हुन्छ ।
कपाल झर्नबाट रोक्न यी उपाय अपनाउनु सकिन्छ ।

- लामो कपाल छ भने छोटो बनाउनुपर्छ । यसरी छोटो बनाएर पनि केही हदसम्म बचाउन सकिन्छ ।
- आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । केमिकलयुक्त स्याम्पुको प्रयोग गर्नुहुँदैन ।
- कपालमा चाया परेमा पनि कपाल झर्ने हुन्छ । यसर्थ, कपाललाई चायामुक्त बनाउनुपर्छ ।
- जथाभावी हेयर कलर गर्नुहुँदैन । यसले गर्दा कपाल टुक्रिने र झर्ने सम्भावना बढी हुन्छ ।
- कपाललाई सुक्खा हुन नदिन तेल मसाज गर्न सकिन्छ । यसले कपाल मुलायम हुनुका साथै बलियो बनाउँछ ।
- हेयर स्टाइलका नाममा जथाभावी कपाललाई हानि पुर्याउने काम गर्नुहुँदैन ।
- कतिपय अवस्थामा वंशाणुगत गुणका कारणसमेत कपाल झर्ने गर्छ । यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

1786 पटक हेरिएको 

