पोखरा । लामो समयदेखि प्रशासन र चिकित्सकको टकरावमा रहेकाे धेरै विरामीको चाप हुने पोखराको मनिपाल शिक्षण अस्पतालमा आन्दोलनकारी चिकित्सक र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना घाइते भएका छन् ।
घाइते हुनेमा ७ जना प्रहरी र ३ जना चिकित्सक छन् । चिकित्सक कर्मचारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भएको भीडन्तले अस्पताल तनावग्रस्त बनेकाे हाे ।
प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।
घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारी र प्रहारबीचको भीडन्तले अस्पतालका सीसा, डिनको कार्यालय तोडफाेड भएको छ ।
मनिपालका कर्मचारीले ६ महिनायता तलब वृद्धि, विदा, स्थायी लगायतका माग राखेर आन्दोलन गर्दै आएका थिए ।
भीडन्तमा राजबहादुर घर्ती कर्णबहादुर केसी र अमर गुरुङ लगाएतका कर्मचारी घाइते भए । विपिन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुनाराज कोटी, अन्जना घर्ती र तुलसा पोख्रेल घाइते भएका प्रहरी हुन् ।

452 पटक हेरिएको 

