सुर्खेतमा विप्लव कार्यकर्ताले यात्रु बस जलाए

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बस जलाएका छन् ।

गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेको समयमा चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल हालेर आगजनी गरेका थिए । प्रहरीका अनुसार आगजनीबाट बस पूर्णरुपमा जलेको छ ।

बस जेलेको ठाउँ नजिकै बम जस्तो शङ्कास्पद वस्तु भेटिएको छ । बन्द सफल पार्न भन्दै विप्लवले मकवानपुर र बारासहितका जिल्लामा सवारीसाधन जलाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार