सिमिकोटका लागि उडेको जहाज बाजुरामा फोर्स ल्याण्डिङ

सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमानमा समस्या आएपछि बाजुराको बगरमा फोर्स ल्याण्डिङ गरेको छ ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि फोर्स ल्याण्ड गरिएको हो ।  जहाजमा विमान चालक दलका २ सदस्य मात्रै रहेको र उनीहरु सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार अहिले सुर्खेतबाट जहाजको अबस्था बुझ्न हेलिकोप्टर बाजुराका लागि उडेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार