भूमिहीन भन्छन् ः निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो । अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्...

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित...

म्यान्माको सैनिक सरकारले सात हजार बन्दीलाई आममाफीको घोषणा

म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द...

सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको ब...

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन ...

ट्राफिक प्रहरीलाई भाडाको घरमा काम गर्न असहज

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहँुदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् । जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बिलखबन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट...

नयाँ भवनको प्रधानमन्त्री दाहालद्वारा अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाँै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गर्नुभएको थियो । ...

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिनुभयो । यही पुस १४...

सर्वोच्च बारको यही पुस २३ गते निर्वाचन

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुँनेभएको छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ । निर्वाचनमा बृहत् लोकतान्त्र...

अपर अरुण आयोजना मुआब्जा वितरण सुरु

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डा...