१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन

खोटाङ, १६ असार  : दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षपछि सञ्चालनमा ...

पालिकाबाटै श्रम स्वीकृति पाएपछि सजिलो

गुल्मीको धुर्कोट गाउँपालिकाका कृष्ण खत्रीले दुई साता अघि वैदेशिक रोजगारीका लािग दोस्रो पटक श्रम स्वीकृति लिनुभयो । यसअघि काठमाडौँ पुगेर श्रम स्वीकृति लिनुभएका खत्री यसपटक भने स्थानीय तहबाटै दुवईमा काम गर्न जानका लागि श्रम स्वीकृति लिनुभयो । “स्वीकृति लिन बुटवल जाने तयारीमा थिए, सरकारले पालिकाबाटै दिने निर्णय गरेपछ...

लामिटारमा भेटिएको अजिङ्गर निकुञ्जमा छाडियो

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ । अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ...

क्यानाडा डे भव्यताका साथ सम्पन्न

काठमाडौँ , रिलेटेड खबर नेपाल क्यानाडा मैत्री तथा सास्कृतिक संघ द्वारा काठमाडौँ को दरबारमार्ग स्थित होटल वुडल्याण्ड मा आज परेको क्यानाडा डे भव्यताका साथ सम्पन्न गरिएको छ ।  कार्यक्रममा क्यानाडाका आप्रवासी र शरणार्थीहरू सम्बन्धि बल र चुनौतीहरू को विषय बारे प्रस्तुत गरिएको थियो । हरेक वर्षको जुलाई १ अर्थ...

विशाक्त च्याउ खाँदा नौ जना बिरामी

पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका ...

पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

सिरहाको गोलबजार नगरपालिका-१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मङ्गलबारदेखि मोटर उपलब्ध गराएको हो । रु १८ हजार पर्ने मोटरको मूल्यमा वडा कार्यालयले रु नौ हजार अनुदान दिएको थियो । अनुदानमा ...

मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनुुहन्छ  । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, ...

काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोड बजेट

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ ...

बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन,दुई जना बिरामी

बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय...

गर्भवतीलाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा

हुम्लाको दक्षिणी भेगस्थित ताँजकोट गाउँपालिकाले गाउँ गाउँमा पुगेर गर्भवतीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य के कस्तो छ भनेर भिडियो एक्सरे गर्नुका साथै अल्ट्रासाउन्ड गर्ने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिनुभयो । चारवटा स्वास्थ्यचौ...