क्यानाडा डे भव्यताका साथ सम्पन्न


काठमाडौँ ,

रिलेटेड खबर

नेपाल क्यानाडा मैत्री तथा सास्कृतिक संघ द्वारा काठमाडौँ को दरबारमार्ग स्थित होटल वुडल्याण्ड मा आज परेको क्यानाडा डे

भव्यताका साथ सम्पन्न गरिएको छ ।  कार्यक्रममा क्यानाडाका आप्रवासी र शरणार्थीहरू सम्बन्धि बल र चुनौतीहरू को विषय बारे प्रस्तुत गरिएको थियो ।

हरेक वर्षको जुलाई १ अर्थात् आज को दिन क्यानाडा मा मनाउने यो राष्ट्रिय चाड लाई हरेक वर्ष झैँ यो वर्ष विश्व विख्यात आङ तेम्बा शेर्पा को प्रमुख अथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम मा शेर्पा ले ” मानव को घर पृथ्वी हो ” मानब लाई शरणार्थी बनाउनु दुखद छ, मानव र पसुपंछी

मिलेर प्रकृतिको जगेर्ना गर्नु पर्दछ, हाम्रो आधारभूत पहिचान स्थाई बसोबास को रक्षा हुनु पर्छ भनी जनचेतना बाट राष्ट्रिय दिवश को सुभकामना दिदै

 

यस्ता कार्यक्रमले दुइ देश को सम्बन्ध सुमधुर बन्दछ भन्नुभयो कार्यक्रम को विषय बस्तुमा क्यानाडा बाट आउनु भएको डा रिता ढुंगेल बाट बहुसांस्कृतिकता को विषय मा आफ्नो

अनुसन्धान पेपर कार्यक्रम मा प्रस्तुत गर्नु भएको थियो ।

 

उक्त कार्यक्रम मा सिमाबिद बुद्धिनारायण श्रेष्ठ ले धन्यवाद ज्ञापन गर्दै ”सस्था ले मित्र राष्ट्र क्यानाडा संग सुमधुर सम्बन्ध बनाउन क्रियासिल रहेको ” बताउनु भयो

साथै पूर्व महामहिम राजदुत प्रा डा मोहन प्रसाद लोहनी ले पनि आफ्नो अभिमत राख्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार