जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् । झण्डै २ घण्टा समयावधि रहेको सो च...

प्रदेशसभाको बैठकमा यातायातसम्बन्धी विधेयक प्रस्तुत

सुदूरपश्चिम प्रदेशसभाको जारी दशौँ अधिवेशन (बजेट अधिवेशन)अन्तर्गत आज बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक टेबुल गर्नुभएको हो । बैठकमा अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य कृष्णराज ...

‘वन मन्त्रालयमा नमूनाको काम गरेर देखाउछु’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उहाँले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म र मेरो मन्त्रालय व...

साउनमा भारतमा बिजुली बेचेर कमायो प्राधिकरणले रु दुई अर्ब

आर्थिक वर्ष २०७८÷७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका आधारमा बिजुली निर्यात गरिरहेको छ । यस्तै प्राधिकरणले थप एक सय ११ ...

हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ । संयुक्त राष्ट्...

घर बनाउँछन्, नक्सापास गराउँदैनन्

टीकापुर, ३ भदौ (रासस): कैलालीमा घरको नक्सापास न्यून सङ्ख्या गर्ने गरेको पाइएको छ । लाखौँ रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन् । उनीहरुले नक्सापासको महत्व अझै बुझ्न सकेका छैनन् । न्यून व्यक्तिले मात्र मापदण्डअनुसार घर बनाउने गरेको पाइएको छ । विसं २०७२ मा भूकम्प गएपछ...

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुुभयो । उहाँक...

भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव

श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा–कृष्णको पूजा एवं दर्शन गरेका...

आगलागीबाट रु तीन लाखको क्षति

व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो । व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई ...

शून्य लागतमा मलेसियामा रोजगारी

वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि काठमाडौँस्थित ह्वाइट हर्स रिक्रुटमेन्ट प्रालिसँग सम्झौता गरेको हो । ...