एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली

नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव ...

खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उहाँले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजा...

विद्यालयमै च्याउखेती

कटारी, ५ पुस उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्पका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्पmत च्याउखेती गरेका ...

ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ ।   कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष ...

दम्पतीको शव फेला

झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो ।   लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्...

‘पत्रकारिता क्षेत्र निष्पक्ष हुनुपर्छ’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकार आचारसंहिताको अक्षरस पालना गर्र्न पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभएको छ । उहाँले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ विश्वविद्यालयले आज यहाँ आयोजना गरेको आम सञ्चार माध्यममा आचारसंहितासम्बन्धी सम्मेलनमा उहाँले भन्न...

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने करोडौँको बाजीमा हारजितको खेल भएको छ । दुई राष्ट्र अर्जेन्टिना र फ्रान्सको अन्तिम खेलमा फ्रान्सको पक्षमा ...

चिकित्सक पनि लाग्यो चुनाव, आज उम्मेदवारी दर्ता

बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षमा डा सन्तोष पौडेल, डा शिवजीविक्रम सि...

रामपुरमा जग्गाको वर्गीकरण

रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । जग्गाको आवास, कृषि, व्यावसायिक, औद्योगिकलगायतका क्षेत्र निर्धारण गरिएको हो । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरी जग्गाको वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले छ मिटर चौडाइ भएको बाटोको दायाँबायाँ ५० मिट...

बढ्न थाल्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हँुदै आएको थियो ।...