पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ । ...

बस र ट्रक ठोक्किँदा १७ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एका...

चिसोका कारण बढ्न थाले बिरामी

विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताउनुभयो । उहाँका अनुसार चिसोकै कारण यहाँका स्व...

हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन् । सुविधा भोगी कर्मचारी र जन...

मुख्यमन्त्रीका रूपमा कार्यकाल दोहो¥याउन मन छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले अब गठन हुने नयाँ सरकारमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ । विराटनगरमा आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले मुख्यमन्त्रीका रूपमा आफूलाई कार्यकाल दोहोराउन मन लागेको बताउनुभयो । हालै सम्पन्न निर्वाचनमा मुख्यमन्त्...

प्रधानन्यायाधीश जबराविरूद्ध रिट

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की, सदस्य वि...

दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रै अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका, कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसलाई नियन्त्रणका लागि कृषि चुनको...

पोर्चुगल क्वार्टरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औ...

सम्झौता सकिँदा पनि बनेन पुल

नलगाड जलविद्युत् आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ । नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो । सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसमेत ...

सवारी दुर्घटना बढेपछि प्रहरी बिट थपिँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय ग...