काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी हुनुभएको हो । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भन...

कास्की–२(१) मा एमालेका कार्की विजयी

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२(१) मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी हुनुभएको छ । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय ...

पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ । दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन् । खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा प...

काठमाडौँ–३ मा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौँ क्षेत्र नं ३ को सम्पन्न मतगणनाअनुसार प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका सन्तोष चालिसेले १५ हजार एक सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको मतदान अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कृष्णबहादुर राईले ११ हज...

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामचन्द्र...

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ । यसैगरी झाप...

मेरो विजय भनेकै लोकतन्त्रको विजय हो ः नेता सिंह

काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले सात हजार एक सय ४३ मत ल्याई निर्वाचि...

राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९...

काठमाडौँ–९ मा एमाले कृष्णगोपाल श्रेष्ठ विजयी

नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो । पोखरेल भने दश हजार नौ सय ६१ मत ...

चीनमा आगलागीमा परी ३६ को मृत्यु

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ । यससम्बन्धी पूर्ण विवरण आएको छैन ।   आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ भने अरु दुई जना घाइते भएका छन् ...