हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो । दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिक...

काठमाडौँ–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिनुभयो । क...

निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमालेका सिंह अग्रस्थानमा

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का बच्चनबहादुर सिंहले चार हजार तीन सय ९५ मत ल्याई अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का ओमविक्रम भाटले तीन हजार आठ सय एक मत ल्याउनुभएको छ । सिंहले भाटभन्दा पाँच सय ९४ मत बढी ल्याउनु...

सिन्धुपाल्चोक–२ मा कांग्रेसको अग्रता कायमै

सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।   जारी मतगणनामा बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गर्नुभएको छ भन...

काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो । थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन ...

बैतडीमा एमाले अघिअघि माओवादी केन्द्र पछिपछि

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । उहाँलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९...

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याउनुभएको । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा नेकपा (एमाले)क...

दार्चुलामा गठबन्धनको अग्रता

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उहाँले तीन हजार चार सय ४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत ल्याउनुभएको छ । प्रदेशसभा क्षेत्र नम्बर (१)...

सभापति देउवा दोब्बर मतले अगाडि

डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उहाँले पाँच हजार छ सय २१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजा...

काठमाडौँ ५ ः कांग्रेसका पौडेलको अगाडि

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिनुभएको हो । अठार हजार सात सय ९७ मत गणना हँुदा युवा नेता पौडेलको छ हजार...