ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

चाँगुनारायण नगरपालिका-३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानी ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक सडकमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । आज सडकमा खेलिरहेको बालकलाई पानी ट्याङ्करले ठक्कर दिई घाइते भएका रामेछाप सुनापाती गाउँपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रबिन्द्र त...

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । ...

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकारः संयुक्त राष्ट्रसंघ

दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छाल...

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिनुभयो ।   “मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी ...

मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो ...

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट

वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको...

मतगणनास्थलमा तारजाली र सिसीटिभी

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी...

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी...

निर्वाचनको सम्पूर्ण तयारी पूरा

भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कु...

रुपन्देही सीमामा सुरक्षा कडा

आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमा नाका बेलहियालाई कडा बनाइएको छ । सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ । नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन् ।   मङ्सिर १ गते राति १२ बजेदेखि ने...