मतदाता रिझाउन अन्तिम प्रयास गर्दै उम्मेदवार किसानको खेतबारीमा

तेह्रथुमका विभिन्न राजनीतिक दलका उम्मेदवार भोट माग्दै गाउँगाउँमा पुग्न थालेका छन् । यतिबेला किसानलाई खेती भित्र्याउने चटारो छ । किसानलाई भेट्न उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् । किसानलाई चुनावी माहोलभन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् ।   जिल्ल...

पत्रकार सुत्केरी हुँदा २५ हजार सहयोग दिने निर्णय

नेपाल पत्रकार महासङ्घ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा रु २५ हजार शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ । महासङ्घको हालै सम्पन्न साधारणसभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । उहाँका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा ...

धादिङमा नौ जनाले मात्रै बुझाए हतियार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा समितिको आग्रहपछि धादिङका नौ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । सम्बन्धित व्यक्तिले जिल्ला प्रहरी कार्यालय र नजिकको प्रहरीचौकीमा हतियार बुझाएका हुन् । निर्वाचनलाई र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन आग्रह गरेको थियो । जिल...

व्यवसायी भन्छन् : चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ

काठमाडौँ, २९ कात्तिक  : मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । निर्वाचन आयोगले उम्मेदवारले खर्च पाउने अधिकतम सीमा तोकेको छ । विगतका निर्वाचनमा राजनीतिक दल, त...

मनाङमा पर्यटक बढे

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने...

साहित्यकार र कलाकार चुनावी प्रचारमा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ । योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भू...

दुर्घटनामा एकको मृत्यु, एक घाइते

भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तप...

रु एक हजारले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार सात सय छ ।...

नुवाकोटमा आएनन् पर्यवेक्षक

मङ्सिर ४ मा हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य पदको निर्वाचनका लागि पर्यवेक्षण गर्न नुवाकोटमा हालसम्म पनि कुनै सङ्घसंस्था तथा तिनका प्रतिनिधि आएका छैनन् । यसअघिका निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न सङ्घसंस्था र तिनका प्रतिनिधिको आगमन भएकामा यो पटकको चुनावमा अहिलेसम्म कुनै पनि सङ्घसंस्था नआएको जिल्ला...

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली...