परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलु...

ललिता निवास प्रकरण : चार जना आरोपितको सकियो बयान

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ४ जनाको बयान पूरा भएको छ । बिहीबार सम्ममा ४ जनाको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई ब्युरोले थु...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ । शुक्रबार ११ बजे सचिवालय बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । नेता पाण्डेका अनुसार आजको बैठक कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा बस्नेछ । बैठकमा एक वर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसको अलावा कतिपय नेता कार्यकर्ताले प...

प्रदेश सरकारसँग छन् शिक्षाका अनेक योजना, छैन शिक्षा ऐन

प्रदेश सरकार गठन भएको पाँच वर्षमा सुदूरपश्चिम प्रदेशमा शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालयमा चार जना मन्त्री आए। अहिले झपटबहादुर साउद मन्त्री छन्। मन्त्री साउदका अनुसार प्रदेशभर ‘एक पालिका एक नमूना स्कुल’ र एक पालिकामा ‘एक नमूना बालविकास केन्द्र’ बनाउने उनको योजना छ।   उनले भनेजस्तो नमूना स्कुल र नमूना...

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्त...

भवन नहुँदा सेवा प्रवाहमा समस्या

जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि...

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद ...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज आह्वान गरेको छ ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा...

सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै, आजै आर्यघाटमा दाहसंस्कार गरिने

प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै, आजै आर्यघाटमा दाहसंस्कार गरिने   प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ । उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो । बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । सीता दाहाललाई पार्कि...

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेर...