निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदानस्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दि...

कैलालीमा बाढी ः सयौँ परिवार पुनः सडकमा

कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उहाँको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ । यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरु पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार...

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर

निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ । निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले पुरिँदा लाखौँको धनमाल क्षति भएको छ । पहिराले बालविकास केन्द्र बगाउँदा त्य...

बन्दसूचीको सूचना प्रकाशन गरिने

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दलल...

मौसममा आंशिक सुधार

देशको सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडाँैसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो । काठमाडाँैमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदे...

मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको ...

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

गलेश्वर, २२ असोज (रासस)ः विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ । वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दस...

टीकाको चौथो दिन ः नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेको लर्को

आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेकोदेखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तर...

पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउन...

वर्षाका कारण यसबर्षको दसैं खल्लो

गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास–१० निवासी तुलबहादुर सुनार बताउनुहुन्छ । अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उहाँको दुखेसो ...