वालिङका पाँच घर पहिरोको जोखिममा

अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले ज...

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइ...

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारीको पहिरो ५ः५० हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा ले...

वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उमिँ्रदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो । “खेतमा धान...

निर्वाचन क्षेत्र बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय सत्तारूढ गठबन्धन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा निर्णायक वार्तामा जुटेका छन् । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ । निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही द...

म्याग्दीको गुर्जामा असोजमै हिमपात

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ ।विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन् । विगत चार दिनदेखि भएको निरन्तर वर्षा अझै रोकिएको छैन । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्र सेताम्यै भएर अत्यधिक...

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन् । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते दुवैजनाको जनकपुरधामस्थ...

बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते ...

काठमाडौँ उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौँ उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी...

पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिन...