कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु

कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना...

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो । घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ । वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समे...

बुटवलका सडकमा खुला दूध बेच्न रोक

बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गर...

प्रजातन्त्र सेनानी स्व कुइँकेलको स्मृतिसभा सम्पन्न

प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको २०औँ स्मृतिसभा भक्तपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको कार्यालयमा कांग्रेस चाँगुनारायण नगर कार्यसमितिले बिहीबार आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्व कुइँकेलले जीवनभर आफूले केही पाउला भन...

दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरूका...

एकल महिलामाथि हुने हिंसा अन्त्यका लागि कानून कार्यान्वयमा जोड

राष्ट्रिय महिला आयोगका पदाधिकारी र यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिले एकल महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयमा जोड दिएका छन् । आयोगले आज आयोजना गरेको कार्यक्रममा उनीहरुले समयसापेक्ष कानूनको निर्माण र त्यसको कार्यान्वयनको आवश्यकता औँल्याएका हुन् । आयोगकी अध...

हराउँदै गए रातो माटो र कमेराको मड्किना, लिपपोत गर्नै छोडियो घर

नेपालीको महान चाड बडादसँै हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दसँैको रौनक र मौलिकता भने कतै देखिएको छैन । दसँै सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो । रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राख...

थप ४५ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दुई हजार छ सय ७८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार तीन सय सात जनाले पिसीआर र एक हजार तीन सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ७० सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । य...

ताप्लेजुङमा पाथीभरा म्याराथन

ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो । पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्ट...

डेङ्गुबाट एक महिलाको मृत्यु

डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना ...