हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिन...

प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज एक समारोेहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित गृहमन...

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

दोधारा चाँदनी, ११ भदौ (रासस) ः कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन था...

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन...

वैवाहिक अङ्गिकृत नागरिकता सम्बन्धमा भ्रम फैलाइयो ः कांग्रेस

काठमाडौँ, ११ भदौ (रासस) ः नेपाली कांग्रेसले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा वैवाहिक अङ्गिकृत नागरिकताको विषयमा कुनै नयाँ कुरा उल्लेख नहुँदा नहुँदै पनि भ्रम फैलाइएको जनाएको छ । कांग्रेस संसदीय दलले यस सम्बन्धमा यथार्थता स्पष्ट पार्दै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपाल नागरिकता ऐन २००९ दे...

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

गण्डकी, ११ भदौ (रासस) ः कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात...

नेपाल केन्यासँग पराजित

केन्या विरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल पराजित भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । हिजो भएको खेलमा भने नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । केन्य...

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औँसी परेकाले भक्तजनको भीड लागेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । श्राद्ध गर्न आउने भक्तजनका लागि सबै व्यवस्था गरिएको मन्दिर क्षेत्र प्रबन...

अज्ञात रोगले हुम्लामा ६० पशु मरे

हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हाल...

साताभरि सामान्य बदली

साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै साताको सुरू तथा मध्यतिर प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका ...