चट्याङ र वर्षाका कारण २६ जनाको मृत्यु

पूर्वीराज्य बिहारमा चट्याङ र वर्षाजन्य घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका सरकारी सञ्चारमाध्यम अल इन्डिया रेडियोले जनाएको छ । मङ्गलबार देशका आठ जिल्लामा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले जनजीवन प्रभावित भएको थियो । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गरिरहेका किसान छन...

भ्रमण भिसामार्फत सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न गृहको अनुरोध

गृहमन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ । पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरो...

राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश

राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै सूचनको हक कार्यान्वयन गर्न सो आदेश जारी गरेको हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २ (क) को बुँदा ५ मा प्रचलित कानुनबमोजिम दर्ता भएका राजनीतिक दल तथा स...

एसइईको नतिजा सार्वजनिक

भक्तपुर, ११ साउन (रासस) ः राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नत...

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट

डोटीमा केही दिनयतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बि...

सङ्क्रमणबाट एकको निधन, पाँच सय ६४ सङ्क्रमित

कोरोना भाइरसको सङक्रमण आज पाँच सय ६४ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चार हजार चार सय ५४ परीक्षणमध्ये आज पाँच सय ६४ मा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाको ललितपुरमा ४१, भक्तपुरमा १७ र काठमा...

नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५...

काठमाडौं महानगरले साढे एक करोड खर्चेर ‘यम बुद्ध पार्क’ बनाउने भएको छ l

  काठमाडौं, साउन ११ काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने भएको छ। र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मान...

सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

मकवानपुरको हेटाँैडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो । सो वडा...

आर्थिक अभावले खसभाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेन

आर्थिक अभावका कारणले खस भाषाको जुम्ली शब्दकोश प्रकाशन हुन सकेको छैन । कर्णालीमा बोलिने भाषा तथा शब्द संरक्षणका लागि प्रकाशन गर्ने भनिएको जुम्ली शब्दकोश दश वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन । पहिलो पटक २०६५ साल वैशाख ११ गते जुम्ली शब्दकोश प्रकाशन गरेर खस शब्दको संरक्षण गर्ने निर्णय भएको थियो । आधुनिक शब्दले खस शब...