पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज...

करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रिया सेवा बन्द

दोलखाको पशुपति चौलागाईँ स्मृति प्रदेशिक अस्तालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्...

सर्लाही भन्सारद्वारा ५३ करोड राजस्व सङ्कलन

जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु ५२ करोड ८२ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले रु ६४ करोड २४ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प...

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा सडक कटान गरेपछि यातायात बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार सेतीको बाढीले जालेबगरमा...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मङ्गलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य र...

बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव

कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो । यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पा...

तीर्थयात्रा सहजताका लागि उपसमिति गठन

यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्तीस्तरमै पुगेर वितरण गर्ने प...

पाँच सामुदायिक विद्यालयलाई बस

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो । सामुदायिक विद्याल...

मेयर बालेन्द्र शाहद्वारा प्रेस काउन्सिलमा उजुरी

संवाददाता       काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । केही दिन अगाडि नेपाल समाचारपत्र र ह...