संवाददाता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । मेयर साहले मंगलबार नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
केही दिन अगाडि नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेको थियो ।

उक्त समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । महानगरले कुनै पनि अमुक संस्थालाई बजेट नछुट्याएको समेत जनाएको छ ।


226 पटक हेरिएको 

